६ बैशाख २०८१, बिहीबार
Follow Us

नेकपा विप्लव समूहले काठमाडौँमा गरे एमसीसीकाे विरोध

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०७८, सोमबार १०:४९

काठमाडौँ । नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेकपा माओवादीले आज काठमाडौँमा मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)को विरोध गरेको छ । उनीहरुले आज काठमाडौँको खुला मञ्चमा विरोध सभा गरेर एमसीसीको विरोध गरेको हो । नेकपाको महासचिव विप्लव, प्रवक्ता खड्गप्रसाद विश्वकर्मा(प्रकाण्ड) आफैले विरोध जुलुसको नेतृत्व गरेका थिए । उनीहरुले राजधानिको विभिन्न स्थानहरुबाट विरोध जुलुस निकालेर खुल्ला मञ्चमा प्रवेश गरेका थिए । काठमाडौँको माइतिघर, त्रिपुरेश्वार, दरबारमार्ग लगायत स्थानहरुबाट जुलुस निकालेर खुला मञ्चमा विरोधसभामा परिणत भएको छ ।

‘एमसीसीको माध्यमबाट अमेरिका नेपालको युरेनियम कब्जा चाहन्छ’
नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले अमेरिका एमसीसीमार्फत नेपालको जलस्रोत र महत्वपूर्ण धातु कब्जा गर्न चाहिरहेको दावी गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार एमसीसीको विरोधमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गजुरेलले नेपालमा युरेनियम भएको र त्यो कब्जा गर्न अमेरिकाले चाहेको बताएका हुन् ।

‘युरेनियमको प्रयोगलाई प्रमाणु बम बनाउन प्रयोग गरिन्छ, नेपालमा यूरेनियम छ भन्ने अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘अमेरिका युरेनियम कब्जा गर्न चाहान्छ । नेपालको जलस्रोत अमेरिका कब्जा गर्न चाहान्छ ।’उनले नेपालको बहुमुल्य धातु अमेरिकाले कब्जा गरोस् भन्ने आफुहरुले नचाहेको बताए । नेपालको भूमि प्रयोग गरेर चीनलाई घेर्न पनि अमेरिकाले एमसीसीमा जोड गरेको उनको भनाई छ ।