१५ चैत्र २०८०, बिहीबार
Follow Us

चुनाव २० अक्टोवरमै हुन्छ, आवश्यक परे अदालत जान्छौं: एनआरएनए अध्यक्ष पन्त

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७८, सोमबार १५:५४

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघको निर्वाचन अक्टोवर २० तारिख गर्ने बटमलाइन भएको बताएका छन् ।

नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले निर्वाचन सम्बन्धी प्रकृया रोक्नु भनि दिएको निर्देशन पछि पन्तले अनलाइनखबरमा दिएको एक अन्तरवार्तामा एनआरएनको निर्वाचन अक्टोवर २० मा हुन्छ र हुनुपर्छ । तोकिएकै समयमा निर्वाचन गर्ने हाम्रो बटमलाइन हो भनेका छन् ।

पन्तले सरकारसंग छलफल गरिने तर निश्र्कष ननिस्के कानुनी उपचार खोज्ने बतए ।

‘बैठकको सुरुमै मैले परराष्ट्रको पत्र र अनौपचारिक छलफलबारे जानकारी गराएको हुँ । अदालत गइहाल्नुपर्छ भन्ने कुनै पनि साथीको सुझाव थिएन । त्यस्तो परिस्थिति पनि बनिसकेको छैन । छलफल गर्दा पनि समाधान निस्केन भने कानुनी उपचारमा जानेबारे अध्ययन गर्नेछौं ।’