१४ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्धारित मितिमा एनआरएनएको महाअधिवेशन गर्न माग

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०७८, मंगलवार ०२:५६

बर्लिन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले निर्धारित मितिमा एनआरएनएको १०औँ महाअधिवेशन एवं निर्वाचन सम्पन्न गराउन नेपाल सरकारसँग माग गर्नुभएको छ ।

जर्मनीस्थित रासस प्रतिनिधि दीपक धितालसँग कुराकानी गर्दै उहाँले वर्तमान कार्यसमितिले संस्थागत सुधारका लागि विशेष अधिवेशन गरेर नयाँ विधान संशोधन गरेको र त्यही विधानका आधारमा महाधिवेशन गर्न लागेकोसमेत जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनमा सहभागी हुने प्रतिनिधिको प्रारम्भिक नामावली मात्र सार्वजनिक भएको छ । दाबी विरोधको समय छ । ”