१३ बैशाख २०८१, बिहीबार
Follow Us

भारतमा फैलिरहेको निपाह भाईरसबाट नेपालमा पनि संक्रमण हुनसक्ने खतरा

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०७८, मंगलवार ०२:५७

काठमाडौं । भारतमा संक्रामक रुप लिईरहेको निपाह भाईरसबाट सचेत रहन नेपाल सरकारले पनि सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएको निपाह भाइरस भारतमा फैलिदै गएको भन्दै सचेत रहन आग्रह गरेको हो । संक्रमित मध्ये ४५ देखि ७० प्रतिशत बढी मानिसको मृत्यु गराउन सक्ने भाइरस केही समय यता भारतमा देखिएको छ ।

नेपालसँगको खुल्ला सिमानाका कारण उक्त भाइरस नेपालमा पनि फैलिन सक्ने र महामारीको रुप लिनसक्ने चेतावनी पनि मन्त्रालयले दिएको छ । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले १० प्राणघातक रोग मध्येको एक निपाह पनि भएकाले उक्त रोगको मृत्यु दर ७० प्रतिशतसम्म रहेको बताउनु भएको छ ।

नेपालमा अहिलेसम्म यो रोगका विरामी फेला भने परेका छैनन् । ‘फूट ब्याट’ भनिने चमेरामा पाइने यो भाइरस चमेरोबाटै सँुगुर र बंगुरमा सरेको विश्वास गरिएको छ । सुँगुर र बंगुरबाट मानिसमा सर्ने गरेको यो रोगको लक्षणमा ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वास प्रश्वासमा कठिनाइ हुने र टन्सिल हुने चिकित्सकहरुले बताएका छन् ।