७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रतिनिधिसभाको बैठक आज बस्दै

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०७८, मंगलवार ०३:००

काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दै छ । दिउँसो १ बजे बैठक बोलाइएको छ । नेकपा एमालेले भने लगातार संसद् बैठकमा नाराबाजी गर्दै आएको छ । अवरोधकै बिच सरकारले दल विभाजनसम्बन्धी अध्यादेश, प्रतिस्थापन विधेयक लगायत केही अध्यादेश सदनमा पेस गरेको छ।

संसद्को अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले हिजो (सोमबार) सर्वदलीय बैठक आयोजना गरे पनि एमालेले भने बहिष्कार गरेको थियो । प्रतिनिधिसभाको आजको बैठकमा पूर्व सांसद एवम् भारतका लागि नेपाली पूर्व राजदूत रुक्मशम्शेर राणाको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिँदै छ। राणाको शनिवार ८६ वर्षको उमेरमा निधन भएको हो।