७ बैशाख २०८१, शुक्रबार
Follow Us

आज ५७ औँ राष्ट्रिय बाल दिवस

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०७८, मंगलवार ०३:१२

काठमाडौँ । आज ५७ औँ राष्ट्रिय बाल दिवस । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । दिवसमा बालबालिकाको अधिकार रक्षार्थ कार्यरत विभिन्न सङ्घ संस्था तथा विद्यालयले अलग–अलग कार्यक्रम आयोजना गर्दै छन् ।

सरकारले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवस घोषणा गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । हरेक वर्ष बाल दिवस मनाइँदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार हुन सकेको छैन ।

देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना जारी रहेको, बालबालिकाको बेचबिखन तथा विद्यालय जान नपाउने बालबालिकाको सङ्ख्या अझै धेरै रहेको अधिकारकर्मीहरुले जनाएका छन् ।

उनीहरूका अनुसार काठमाडौँमा सडक बालबालिकाको अवस्था पनि उस्तै छ । काठमाडौँसहित देशभर अहिले ५ हजारभन्दा बढी सडक बालबालिका रहेको तथ्याङ्क छ । जनगणना २०६८ अनुसार नेपालमा १६ वर्षसम्मका बालबालिकाको सङ्ख्या १ करोड पाँच लाख ४६ हजार छ ।

यसैबीच महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्ले संयुक्त रुपमा दुई दिनसम्म मनाइने बालदिबसको मुख्य आकर्षण सडक बालबालिका मुक्त राष्ट्र बनाउने अभियान अन्तर्गत सडकदेखि रङ्गशाला सम्म ‘स्ट्रिट टु स्टेडियम’ कार्यक्रम रहेको छ । सडकबाट उद्धार गरिएका ४० जना बालबालिकालाई यसमा सहभागी हुनेछन् ।