१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रतिपक्षीको विरोधकाबीच बजेट प्रतिस्थापन विधेयक संसदबाट पारित

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०७८, मंगलवार ०८:४६

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पनि एमाले सांसदहरूले अवरोध गरेका छन् । सभामुखको भूमिकाप्रति असन्तुष्टी जनाउँदै प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदनमा निरन्तर नारावाजी र विरोध गर्दै आएको छ ।

आज बैठक शुरू हुनासाथ एमाले सांसदहरू वेलमा एकत्रित भएका छन् । सभामुखले एमालेको नारावाजीकै बीच बैठक अघि बढाएका छन् ।

सदन नियमित गर्न हिजो सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक बोलाए पनि एमाले अध्यक्ष केपी ओली बैठकमा गएनन् ।एमालेले आफूले कारवाही गरेका १४ जना सांसदलाई पदमुक्तको सूचना टाँस्न या राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भन्दै सभामुखसमक्ष दुई सर्त अघि सारेको छ ।

यसैबीच प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।मंगलबारको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको छ ।