१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चेल्सी र बायर्न म्युनिख विजयी

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०७८, बुधबार ०३:३६

लन्डन । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नयाँ सिजन गएरातीबाट सुरु भएको छ । नयाँ सिजनको पहिलो खेलमा इग्लिस क्लब चेल्सी विजयी हुँदा म्यान्चेस्टर युनाइटेड पराजित भएको छ ।

समूह ‘एच’ को खेलमा चेल्सीले रुसको जेनिथलाई १–० ले हरायो । चेल्सीका लागि रोमेलु लुकाकुले निर्णायक गोल गरे । यही समुहको अर्को खेलमा इटालीको युभेन्टसले स्विडेनको माल्मोमाथि ३–० को जित निकाल्यो । उता समूह ‘एफ’ को खेलमा इग्लिस क्लब म्यान्चेस्टर युनाईटेडलाई स्विटजरल्याण्डको योङ ब्वाइजले २–१ ले पराजित गर्दा इटालीको एटलान्टा र स्पेनको भियारियालले २–२ गोलको बराबरी खेले।

समूह ‘इ’ मा जर्मनीको बायर्न म्युनिखले स्पनेको बार्सिलोनालाई उसैको मैदानमा ३–० ले हराउँदा युक्रेनको डाइनामो किभ र पोर्चुगलको बेनिफिकाले गोलरहित बराबरीमा चित्त बुझाउनुप-यो । समूह ‘जि’ का खेलहरुमा अष्ट्रियाको साल्जवर्गले स्पेनको सेभियासँग १–१ गोलको बराबरी खेल्दा फ्रान्सको लिल र जर्मनीको उल्फवर्गले गोलरहित बराबरीमै खेल सकाए ।