८ बैशाख २०८१, शनिबार
Follow Us

लामो समयदेखि स्थगित कक्षा १२ को परीक्षा आजबाट शुरु हुँदै

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०७८, बुधबार ०३:३८

काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि शुरु हुँदैछ । गत साउन ३१ मा हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण स्थगित भएपछि आजबाट पुनः शुरु गर्न लागिएको हो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा अधिकांश विद्यार्थीले खोप लगाएपछि शुरु गर्न लागिएको जनाएको छ । परीक्षा असोज ८ गतेसम्म संचालन हुनेछ ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका र सङ्क्रमण पनि बिस्तारै नियन्त्रण हुने अनुमान गरी परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिए । परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको जनाइएको छ । यस पटक तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने जनाइएको छ ।

परीक्षामा विद्यार्थीलाई होम सेन्टर को व्यवस्था मिलाइएको छ । विद्यार्थीलाई अरू विद्यालयमा परीक्षा दिन जानका लागि असुविधा हुन सक्ने भएकाले होम सेन्टरको सुविधा दिइएको हो । यस पटक चार हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको छ ।