१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अवरूद्ध मुग्लिन–नौबिसे सडक खुल्यो

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०७८, बुधबार ०३:४१

चितवन । पहिरोका कारण गए रातिदेखि अवरूद्ध मुग्लिन–नौबिसे सडक खुलेको छ। बिहान पहिरो पन्छाएपछि सडक खुलेको हो। सडक दुबैतर्फी खुलेको इलाका प्रहरी कार्यालय मुग्लिन जनाएको छ। पहिरोले रोकिएका सवारी साधन सडक खुलेसँगै गन्तव्यका लागि छुटेका छन्। गए राति २ बजे पृथ्वीराजमार्गको चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।