७ बैशाख २०८१, शुक्रबार
Follow Us

ट्रक भित्रै बालिका बलात्कार गर्ने चालक र सह-चालक पक्राउ

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०७८, बुधबार ०३:४३

काभ्रे । १३ वर्षिया बालिकालाई ट्रकभित्रै जबरजस्ती करणी गर्ने चालक र सह-चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा जिल्ला हल्दीबारी गाउपालिका-५ बस्ने ३२ वर्षिय चालक हर्क बहादुर विश्वकर्मा र सह-चालक मोरङ जिल्ला उर्लाबारी नगरपालिका-१ बस्ने बर्ष १८ का निदिप धिमाल रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

उनीहरुले यहि भदौ २६ गते राती १२:३० बजेतिर भक्तपुर नगरपालिका-१ श्रृजनानगर स्थित सडकमा पूर्वतर्फ जान भनी गाडी कुरिरहेकी बालिकालाई गन्तव्यसम्म पुर्याइदिने भनी गाडिमा राखेर ल्याएका थिए ।

रातको करिब १:३० बजे काभ्रेको बनेपा नगरपालिका-१२ साझा पेट्रोल पम्प अगाडि गाडी रोकेर गाडी भित्रै चालक र सह-चालकले बालिकालाई जबरजस्ती करणी गरेका थिए ।

त्यसपश्चात बालिकालाई त्यही छाडेर उनिहरु फरार रहेका थिए । अनुसन्धानको क्रममा हिजो मंगलबार धुलिखेलबाट ट्रक सहित चालक र सह- चालकलाई नियन्त्रणमा लिइएको डिएसपी खतिवडाले बताउनुभयो । जिल्ला अदालत काभ्रेबाट म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।