१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रदेश १ का दुई मन्त्री र तीन राज्यमन्त्रीले लिए शपथ

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०७८, बुधबार १३:००

मोरङ । प्रदेश १ का नवनियुक्त दुई मन्त्री र तीन राज्यमन्त्रीले शपथ लिएका छन् । बुधबार साँझ एक समारोहबीच प्रदेश प्रमुख सोमनाथ अधिकारीसँग नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

शपथ लिनेहरुमा तुलसीप्रसाद न्यौपाने आर्थिक मामिला तथा योजनामन्त्री, हिरा थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र
लिलावल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनेका छन् । त्यस्तै ज्ञानेश्वर राजववंशी भूमि व्यवस्था, कृषि राज्यमन्त्री, उत्तमकुमार बस्नेत उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।