१४ बैशाख २०८१, शुक्रबार
Follow Us

संसद अवरोधको मूल कारण बुझ्न नेता नेम्बाङको आग्रह

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०७८, बुधबार १३:१३

विराटनगर । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले संसदमा जिम्मेवारपूर्वक प्रस्तुत हुन पार्टी अध्यक्षले निर्देशन दिएको भन्दै आफूहरु जिम्मेवारपूर्वक प्रस्तुत भइरहेको दाबी गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेम्बाङले संसदमा भएका एकाध नराम्रा घटनालाई उदाहरण नबनाउन र संसदमा भएको अवरोधको मुल कारण बुझ्न आग्रह गर्नुभयो । सभामुख संसदमा रहेका दलहरूको नेता भएको भन्दै नेम्बाङले सभामुखले सबैलाई समान व्यवहार गर्नु पर्ने बताउनुभयो ।

असोज २२ गते बोलाउने निर्णय
प्रदेश १ सरकारले आगामी असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको हो । नेकपा एमाले विभाजनपछि मुख्यमन्त्री आचार्यले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने हुन्छ । संविधानअनुसार सत्तारुढ दल विभाजन भएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । सो आधारमा आगामी असोज २२ गतेभित्र मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पठाउनुपर्ने छ ।