४ बैशाख २०८१, मंगलवार
Follow Us

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०७८, बिहीबार ०६:२१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार राति राष्ट्रपति निवासमा राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । सुरक्षा स्रोतका अनुसार, राति ८ बजेपछि २ घण्टा भेटवार्ता भएको भएको थियो ।

अध्यक्ष ओलीले देशको पछिल्लो राजनीतिक परिस्थितिबारे राष्ट्रपतिसँग परामर्श गरेको स्रोतको भनाइ छ । पछिल्लोपटक प्रधानमन्त्री पदबाट हटेपछि गत साउन ८ गते पनि ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।