१५ चैत्र २०८०, बिहीबार
Follow Us

रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०७८, बिहीबार ०६:४१

रामेछाप । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रदेश नम्बर ३ –०१–०२३–च–३५१३ नम्बरको जीप सडकबाट ६–७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनास्थलबाट एक जना बालकको उद्दार गरिएको छ । ओखलढुंगा घर भएका अन्दाजी ३४–३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको छ ।

अर्का एक जनाको भने पहिचान नखुलेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । घाइते बालक अन्दाजी १२ वर्षीय पेम्बा शेर्पा छन्। उनी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ । उहाँको उपचारका लागि तामाकोसी अस्पताल लगिएको छ ।