११ बैशाख २०८१, मंगलवार
Follow Us

मोडर्ना र फाइजर खोप खरिदको बाटो खुल्यो

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०७८, बिहीबार १४:१७

काठमाडौँ । औषधि व्यवस्था विभागले कोरोनाविरुद्धको मोडर्ना र फाइजर खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । यी दुई खोपलाई बुधबार आपत्कालीन प्रयोगको लागि अनुमति दिएको औषधि व्यवस्था विभागले जनाएको छ ।

यो खोप सरकारले १८ वर्षभन्दा मुनिका बालबालिकालाई प्रयोग गर्ने तयारी गरेको छ । त्यस अनुसार स्वास्थ्य मन्त्रालयले सम्झौतासमेत गरिसकेको छ । ६० लाख डोज फाइजर २०२२ को जनवरी र ४० लाख डोज मोडर्ना मार्चसम्ममा नेपाल आइपुग्ने व्यवस्थापन महाशाखाले जनाएको छ ।

फाइजरको लागि माइनस ६० देखि ८०(अल्टा कोल्ड चेन) डिग्री तापक्रम र मोडर्नाका लागि माइनस १५ देखि डिग्री तापक्रममा भन्डार गर्नुपर्ने हुन्छ ।