१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खाेप

नेपालब्रिटेन संवाददाता
१ आश्विन २०७८, शुक्रबार ०८:५५

काठमाडौ । चीनबाट कोरोना भाइरसविरुद्धको ४४ लाख डोज भेरोसेल खोप आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट दिउँसो २ बजे ४४ लाख डोज खोप आइपुगेको स्वास्थ्य सेवा विभाग सूचना अधिकारी महेश पाण्डेले जानकारी दिनुभयो ।

खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको थियो । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख डोज खोप नेपाल आइसकेको छ। भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज हुने गरे पनि यसपटक भने एक भाइलमा ५ डोजको खोप उत्पादन गरेकाले एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिएको मन्त्रालयले जनाएको छ ।