१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एमालेको हरेक कमिटीबाट विद्रोह हुन्छ : नेतृ झाँक्री

नेपालब्रिटेन संवाददाता
१ आश्विन २०७८, शुक्रबार १३:४६

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले एमालेको हरेक कमिटीबाट विद्रोह हुने बताएकी छन् । शुक्रबार बुटबलमा आयोजित लुम्बनी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै झाँक्रीले भनिन्, ‘दक्षिणपन्थी विर्सजनवादमा भासिएको नेतृत्वविरुद्ध अब प्रत्येक कमिटी र वडा तहबाट विद्रोह शुरु हुन्छ । साविकको खड्ग ओलीको एमालेको क्षतिकरण एकीकृत समाजवादीको बढोत्तरी हो ।’

यस्तै एकीकृत समाजवादीलाई युवाहरुको पार्टी बनाउने र केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवा ४० प्रशिशत राख्ने उनको भनाई छ । उनले भनिन्, ‘अरुले नै बनाएको दरबारमा शयन गर्नेहरुले कठिन यात्रा तय गर्न सकेनन्, आफ्नै श्रममा निर्णय गर्न मञ्जुर हुनेहरुले मात्र यो यात्रा तय गरे ।’

लुम्बिनी कम्युनिस्ट आन्दोलनको उर्वर भूमि भएको भन्दै उनले पार्टी बन्ने प्रशस्त सम्भावना रहेको पनि बताइन् । झाँक्रीले भनिन्, ‘नवजवान साथीहरुले सुनौलीतिर गएर नेता खोजेर ल्याएर कार्यकर्ता बन्ने होइन । आफ्नो समुदायको आफ्नो समाजको आफैं अगुवा बन्नुपर्छ ।’