१३ बैशाख २०८१, बिहीबार
Follow Us

सभापतिको उम्मेदवारबाट पछि हट्दिन : प्रकाशमान सिंह

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०७८, शनिबार ०५:२२

काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफूले पार्टीको १४ औँ महाधिवेशनमा नेतृत्वको दाबी गर्ने अडान दोहोर्‍याएका छन् । आज गणेशमान सिंहको स्मृति दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेता सिंहले सो कुरा बताएका हुन् ।

कार्यक्रममा नेता सिंहले गठबन्धनमा भएका दलहरुबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार हुनमा ढिलाइ भएको भन्दै छिटै सरकारले पूर्णता पाउने समेत बताएका छन् । कम्युनिष्टहरुको दुई तिहाईको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेको आरोप समेत उनले लगाए । कम्युनिष्टहरु असफल हुँदा त्यसको प्रतिफल स्वरुप काँग्रेसले सरकारको नेतृत्व गर्ने अवसरका पाएको उनको भनाइ थियो । साथै उनले काँग्रेस नेतृत्वको सरकारले जनताको भावना अनुसार काम गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै नेता सिंहले पार्टीको १४ औँ महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए। उनले पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढी रहेको भन्दै विवाद भएका जिल्लामा विधीविधान अनुसार समाधान गर्नु पर्ने बताए।

कार्यक्रममा उनले सर्वोच्च नेता गणेशमान सिंहले नेपालको राजनीतिमा पुर्याएको योगदानको स्मरण गरेका थिए । साथै काँग्रेस पार्टी मजबुत बनाउन गणेशमान सिंहको अमूल्य योगदान रहेको नेता सिंहको भनाइ थियो । गणेशमान सिंह फाउन्डेसनले कार्यक्रमको आयोजना गरेको थियो ।