१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘कांग्रेसको पुच्छर बनेर हिंड्नेबाट यो मुलुक बन्दैन’

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०७८, शनिबार १३:४१

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले कांग्रेसको पुच्छर बनेर हिंड्ने नेताहरुबाट यो मुलुक बन्न नसक्ने बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटीको १७ औं अधिवेशनमा बोल्दै उनले भने, ‘कांग्रेसको पुच्छर बनेर हिंड्ने नेताहरुबाट यो मुलुक बन्दैन र उनीहरुलाई कम्युनिष्ट भन्ने अधिकार पनि छैन ।’

यस्तै उनले सूर्य र हसियाँ हतौडा चुनाव चिन्ह लिएर चुनाव जितेका नेताहरुले कांग्रेस नेतालाई प्रधानमन्त्री बनाएर कम्युनिष्ट चरित्र ध्वस्त बनाएको आरोप समेत लगाए । कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाएर कांगे्रसको गोटी बनेर हिंड्नेहरु अब आउने चुनावमा नराम्रोसँग पछारिने पनि उनले बताए ।

रायमाझीले भने– संघ, प्रदेश तथा पालिकामा होइन वडामा पनि जमानत जोगाउन सक्दैनन्, त्यही भएर एमालेविरुद्ध बाँकी रहेका सबै दलले गठबन्धन बनाएका हुन् जमानत जोगाउन, एक्लै लडेर जमानत जोगाउन एमाले चुनौतीको पहाड बनिसक्यो ।’ देशको विकास र समृद्धिलाई अगाडि बढाउन युवाहरुको विशेष जिम्मेवारी भएको हुँदा अहिले अवस्थामा युबाहरु एक भएर अगाडि बढ्नुपर्ने रायमाझीको भनाई छ ।