१३ बैशाख २०८१, बिहीबार
Follow Us

भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन–२ को विजेता

नेपालब्रिटेन डट कम्
२ आश्विन २०७८, शनिबार १७:४४

काठमाडौं ।
कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट प्राप्त गरेको आधारमा पौडेल विजेता घोषित भएका हुन् ।

कमेडी च्याम्पियन सिजन-२ को वजेता भएसँगै भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा र पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेर उनले निकै चर्चा कमाएका थिए ।

यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भएका छन् । उनले स्कुटर प्राप्त गरेका छन् । यस्तै फस्ट रनरअप भएर बिक्की अग्रवालले टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरेका छन् ।

ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकार हरिवंशले विजेताको घोषणा गरेका थिए । यस्तै वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ सेकेण्ड रनरअपको घोषणा गरेका थिए ।