१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए संस्थाक डा. महतोलाई सुकीर्तिमय राष्ट्रद्विप पदक

नेपालब्रिटेन संवाददाता
३ आश्विन २०७८, आईतवार ०६:३४

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो सुकीर्तिमय राष्ट्रद्विप पदकबाट सम्मानित भएका छन् । संविधान दिवसका अवसरमा सुकीर्तिमय राष्ट्रद्विप पदक पाउने अन्य व्यवसायीहरुमा उद्यमी देवीप्रकाश भट्टचन, सुरेन्द्रवीर मालाकार, ध्रुवकुमार श्रेष्ठ, कैलाश सिरोहिया र रामेश्वर थापालगायत रहेका छन्।

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छन् । जसमध्ये ४० बढी उद्योगी व्यवसायी परेका छन् । राष्ट्रपति कार्यालयका अनुसार विभुषित हुनेमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, सीएनआईका अध्यक्ष विष्णुकुमार अग्रवाललगायत उद्योगी व्यवसायी विभुषित भएका हुन् ।