१५ बैशाख २०८१, शनिबार
Follow Us

दिव्य अग्रवाल बनिन बिग बोस विजेता

नेपालब्रिटेन संवाददाता
३ आश्विन २०७८, आईतवार ०६:३७

काठमाडौं । भारतमा पछिल्लो छ हप्तादेखि चलिरहेको बिग बोस् ओटीटीको फाइनल परिणाम आएको छ । १८ सेप्टेम्बरमा अन्तिम परिणाम आएको बिगबोस् विजेता दिव्य अग्रवालले २५ लाख भारतीय रुपैयाँसहित मेडल पाएकी छन् । बिगबोस् ओटीटीमा फाइनलमा दिव्या अग्रवाल, निशांत भट्ट, राकेश बापट, शमिता शेट्टी र प्रतिक सहजपालकाबीच ठूलो प्रतिश्पर्धा भएको थियो ।

दिव्य अग्रवालले ट्रफिसहित २५ लाख रुपैयाँ पाएकी छन् । उनीसहित निशान्त फष्र्ट रनर भएका छन् भने शमिता सेकेण्ड रनर अप रहेका छन् । बिग बोस ओटीटीको प्रतिश्र्धामा १३ प्रतिश्पर्धी थिए । प्रतिश्पर्धीहरुमा राकेश बापट, जीशान खान, मिलिन्दा गाबा, निशान्त भट्ट, प्रतिक सहजपाल, करण नाथ, शमिता शेट्टी, उर्फी जावेद, नेहा भसीन, मूस जटाना, अक्षरा सिंह, दिव्या अग्रवाल र रिद्धिमा पण्डित थिए ।