८ बैशाख २०८१, शनिबार
Follow Us

बलात्कार उजुरीको धम्की दिएर ५० लाख रुपैयाँ माग्ने ३ महिला पक्राउ

नेपालब्रिटेन संवाददाता
३ आश्विन २०७८, आईतवार ११:५६

काठमाडौं । बलात्कारको उजुरी दिन्छु भनेर धम्की दिई एक पुरुषसँग ५० लाख रुपैयाँ माग गरेको आरोपमा तीन जना महिलालाई दाङमा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुष्मा परियारलाई पक्राउ गरेको हो ।

दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालका अनुसार गत शुक्रबार पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक लाभसम्बन्धी अपराधमा अनुसन्धान सुरु गरेको हो । पीडितको उजुरीका आधारमा प्रहरीले थापाको कोठामा खानतलासी गर्दा १७ लाख रुपैयाँको चेक भेटेको छ भने नगद १ लाख भने ब्याजमा लगाइसकेको पाइएको प्रहरी प्रवक्ता रिजालको भनाई छ ।