October 28, 2021
4:17 PM | 9:02 PM
खेल

टोटनह्यामलाई हराउँदै चेल्सी शिर्ष स्थानमा

  20/09/2021 मा प्रकाशित

लन्डन । टोटनह्याम हट्सपरलाई ३–० ले हराउँदै चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । गएराती टोटनह्यामको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन थियागो सिल्भा, एन्गोलो कान्टे र एन्टोनियो रुडिगरले एक एक गोल गरे ।

जितसँगै चेल्सीले ५ खेलबाट १३ अंक जोडेको छ । समान १३ अंक जोडेको लिभरपुल गोल अन्तरको आधारमा दोस्रो स्थानमा झरेको छ । तेस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको पनि १३ अंक नैं छ ।

गएरातिको खेलमा म्यान्चेस्टर युनाईटेडले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले हरायो । उसका लागि क्रिश्चियानो रोनाल्डो र जेस्सी लिंगार्डले एक एक गोल गरे । वेष्ट ह्यामका साइद बेन्राहमाले पहिलो गोल गरेका थिए । प्रिमियर लिगकै अर्को खेलमा ब्राइटनले लेस्टर सिटीलाई २–१ ले पराजित ग¥यो ।

प्रतिक्रिया