७ बैशाख २०८१, शुक्रबार
Follow Us

आन्तारिक विवाद मिलाएर चुनावमा जान एनआरएनएलाई परराष्ट्रको सुझाव

नेपालब्रिटेन संवाददाता
४ आश्विन २०७८, सोमबार १२:२३

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आन्तरिक विवाद मिलाएर निर्वाचन जान परराष्ट्र मन्त्रालयले सुझाव दिएको छ । सोमबार अध्यक्ष कुमार पन्तको टोलीले एनआरएनए डेक्स हेर्ने परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीबीच छलफल गरेको थियो ।

छलफलमा मन्त्रालयले विवाद समाधान चाँडोभन्दा चाडो गर्न अध्यक्षलाई आग्रह गरेको थियो । बैठकपछि अध्यक्ष पन्तले तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न मन्त्रालयको सहयोग रहने कुराले आफूलाई हर्षित बनाएको प्रतिक्रिया दिए । अध्यक्ष पन्तले भने, ‘विवाद र अस्पष्टता भएका ठाउँमा एनआरएनएले नै आपसी समझदारीबाट निकास निकाल्नेछ ।’

महासचिव डा. हेमराज शर्माले भने, एनआरएनए भावनाबाट होइन, विधि विधानबाट चलाउनु पर्छ भन्ने हाम्रो अडानलाई परराष्ट्र मन्त्रालयले पुष्टी गरेको छ । उनले भने, विधान ट्राफिक लाइट हो । एकजनाले मात्र ट्राफिक लाइटको उल्लङ्घन गर्यो भने दुर्घटना हुन्छ ।

निर्दोषहरु पनि दुर्घटनाबाट पीडित हुन्छन् । फरारी र मारुती चालकको लागि एउटै ट्राफिक नियम हुन्छ । रातो बत्तिलाई सबैले रातो देखौ, रातोलाई जबस्जस्ती हरियो भनेर ब्याख्या गर्दै अगाडि बढ्न कोशिस गरियो भने दुर्घटना रोक्न असम्भव छ ।