१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘अपवित्र’ गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई वैधानिकता दियो : अध्यक्ष थापा

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०७८, मंगलवार ०५:०३

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई वैधानिकता प्रदान गरेको आरोप लगाएका छन् ।

आज (मंगलबार) बिहान ट्विट गर्दै उनले वर्तमान ‘अपवित्र’ गठबन्धन सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाएका हुन् ।

भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने निर्णय गरिएको भन्दै उनले भर्त्सना गरेका छन् । उक्त निर्णय तत्काल फिर्ता लिन माग पनि गरेका छन् ।

‘वर्तमान ‘अपवित्र’ गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको छ । भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने सरकारको यस निर्णयको विरोध र भर्त्सना गर्दछु । यो निर्णय तत्काल फिर्ता गरियोस्,’ उनले लेखेका छन् ।