१५ चैत्र २०८०, बिहीबार
Follow Us

निफ्राले पहिलोपल्ट एक अर्ब ७० करोड लाभांश बाँड्दै

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०७८, मंगलवार ०६:५२

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) ले पहिलोपल्ट लाभांश घोषणा गरेको छ । निफ्राले आइपिओ जारी गरेपछिको दोस्रो आर्थिक वर्षमा नगद लाभांश दिने भएको हो ।

कम्पनीले चुक्ता पुँजी २० अर्ब रुपैयाँको ८.५ प्रतिशत (करसहित) ले हुने एक अर्ब ७० करोड रुपैयाँ नगद लाभांश दिने भएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृतिपछि वार्षिक साधारसभाले पारित गरेपछि वितरण हुनेछ । बैङ्कले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट लाभांश बाँड्न लागेको हो ।