१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विश्व शान्तिको आह्वान गर्दै अमेरिकाको न्यूयोर्कमा डा. केसीले गरे शान्तिपूर्ण प्रदर्शन

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०७८, मंगलवार ०७:०१

काठमाडौँ। चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले अमेरिकामा शान्तिपूर्ण प्रदर्शन गरेका छन् । विश्व शान्ति दिवसको अवसर पारेर डा.केसीले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

सेप्टेम्बर २० र २१ सम्म हुने दुई दिने प्रदर्शन अमेरिकी समयअनुसार दिउँसो एक बजेदेखि चार बजेसम्म आयोजना गरिएको हो । डा. केसीले आयोजना गरेको यस धर्नामा अमेरिकाको न्यूयोर्क, वासिङ्टन, भर्जिनिया, बोस्टन लगाएत क्षेत्रमा रहने नेपाली समुदायका प्रतिनिधिहरुले साथ दिएका थिए ।

डा. केसी अमेरिकाको संयुक्त राष्ट्र सङ्घको कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गर्न अमेरिका गएका हुन् । यस प्रदर्शनको उद्देश्य विश्वमा हिंसा र युद्धको अन्त्य, शान्ति, सद्भाव र समानता, जलवायु विनाशको रोकथाम, सबैका लागि कोभिडविरुद्धको खोप सहज तथा सुलभ शिक्षा र स्वास्थ्यको उपलब्धता हुनुपर्ने रहेको छ ।