१३ बैशाख २०८१, बिहीबार
Follow Us

लण्डनबाट आयो पारुको ‘यो माया होइन र’

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०७८, मंगलवार ०७:२६

काठमाडौं । कभर गीत र ओर्जिनल गीतहरु मार्फत दर्शक स्रोताको मन जित्न सफल गायक मनोज थापा मगरको स्वर, संगीतमा समावेश ‘यो माया होइन र’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक मगरलाई बेलायत निवासी गायिका पारु राईले स्वरमा साथ दिएकी छिन्।

गीतमा गायिका राईको शब्द रहेको छ भने गायक मनोज थापा मगरको संगीत र संगीत संयोजन रहेको छ। बेलायतका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यस भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारु राईको अभिनय देख्न सकिन्छा त्रिकोणात्मक प्रेमकथामा आधिरित यस गीतको म्युजिक भिडियोमा समाजको यथार्थ प्रस्तुत गरिएको छ।

आकर्षक तरिकाले प्रस्तुत गरिएको भिडियोलाई कुशल श्रेष्ठले छायांकन र निर्देशन गरेका हुन् । गायक थापा मगरको आधिकारिक च्यानल ‘मनोज थापा मगर’ मार्फत भिडियो सार्वजनिक भएको हो। हाल बेलायतमा रहेकी गायिका, गीतकार तथा मोडल राईले दर्शक, स्रोता तथा मिडिया हाउसलाई यो गीतको भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेकी छिन् ।