८ बैशाख २०८१, शनिबार
Follow Us

निर्वाचन आयोगसँग सर्वोच्चले माग्यो एकीकृत समाजवादी दल दर्ताको निर्णय फाइल

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०७८, मंगलवार १३:०१

काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगसँग नेकपा एकीकृत समाजवादी दल दर्ताको निर्णयको सक्कल (फाइल) माग गरेको छ ।

न्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको इजलासले मंगलबार नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णयको सक्कल निर्णय माग गर्ने आदेश दिएको हो ।

यस्तै नेकपा एमालेले गरेको १४ सांसद कारबाहीको निर्णयलाई मान्यता नदिने सभामुखको निर्णयको सक्कल फाइल पनि माग गर्ने आदेश दिएको छ ।