१३ बैशाख २०८१, बिहीबार
Follow Us

क्रिकेटर विनोद भण्डारी र पत्रकार सोनिया अर्यालबीच इन्गेजमेन्ट

नेपालब्रिटेन संवाददाता
७ आश्विन २०७८, बिहीबार ०५:४६

काठमाडौँ । क्रिकेटर विनोद भण्डारी र खेलकुद पत्रकार सोनीका अर्याल वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

नेपाल राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान विनोद र खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)की सदस्यसमेत रहेकी सोनीकाले बुधबार हिन्दु परम्परा अनुसार इन्गेजमेन्ट गरेका छन् ।

सोनीका हाल ग्यालेक्सी फोरकेमा कार्यरत छिन् । यसअघि उनी हिमालय टिभीमा कार्यरत थिइन् । सोनीकाले थुप्रै स्पोर्ट्स प्रोग्राममा प्रस्तोताको रूपमा समेत काम गरेकी छन् । भण्डारी र अर्याल विगत केही वर्षदेखि प्रेम सम्बन्धमा थिए ।