October 28, 2021
4:04 PM | 8:49 PM
खेल

ललितपुरमाथि काठमाडौंको शानदार जित

  25/09/2021 मा प्रकाशित

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलेभेनले विजयी यात्राको सुरुवात गरेको छ । काठमाडौंले साविकको विजेता ललितपुर प्याट्रीएट्समाथि ७ विकेटको जित हात पारेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा ललितपुरले दिएको १५८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा काठमाडौंले ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो ।

प्रतिक्रिया