७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘सन्नी सन्नी’ भन्दै भिडियोमा अंगप्रदर्शन

नेपालब्रिटेन संवाददाता
९ आश्विन २०७८, शनिबार १२:०८

काठमाडौं । अमेरिकामा बस्दै आएका बिरन भट्टराईको लगानीमा एउटा म्युजिक भिडियो निर्माण भएको छ । ‘सन्नी सन्नी’ बोलको सो भिडियोलाई अमेरिकन स्टाइलमै निर्मिाण गरिएको छ ।

गोपी दाहालको शब्द र स्वर रहेको उक्त गीतको भिडियोमा मोडलहरु टु–पिस विकिनी सुटमा देखिएका छन् । बलिउड भिडियोबाट प्रभावित यस भिडियोमा अर्शु महर्जन, युरिक लामा, अनुराधा ढुंगाना, सलिना चौधरी, प्रेक्षा बानिया र स्वेता श्रेष्ठले अभिनय गरेका छन् । उनीहरुले खुलेरै अंग प्रदर्शन गरेका छन् ।

काठमाडौं उपत्यकाबाहिर छायाँकन गरिएको यस भिडियोलाई राजिव समरले निर्देशन गरेका हुन् । भिडियोमा अनिल कटवालको छायाँकन, तारा थापा ‘किम्भे’ को सम्पादन र राजेश कुमारको कलरिङ रहेको छ । रिकेश गुरुङ ‘किज’को अरेन्ज र एनके ब्रोदर्सको संगीत रहेको यस गीतको भिडियोलाई दर्पण मिडियाले बजारमा ल्याएको हो ।