१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए अध्यक्षकी प्रत्यासी रविना थापा चितवनमा सम्मानित

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०७८, बुधबार ०४:०९

चितवन – गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको लागि अध्यक्ष पदको उम्मेदवार रविना थापासहितको टिमलाई चितवनमा भब्य स्वागत गरिएको छ । चितवनमा आयोजित एक कार्यक्रमकाबीच सो टिमलाई भब्य स्वागत तथा सम्मान गरिएको हो ।

नेपाली कांग्रेस चितवन जिल्लाका पूर्व सभापति तथा पूर्व शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीले थापासहित उपाध्यक्षका उम्मेदवार जय प्रकाश गुरुगं र महासचिव विनय अधिकारीलाई सम्मान गर्नु भएको हो । सम्मान कार्यक्रममा अमेरिका निवासी नारायण थापाको पनि सहभागिता थियो ।

सो अवसरमा पूर्व मन्त्री अधिकारीले अध्यक्षको उम्मेदवारसहित सबैलाई बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा चितवन जिल्लाका निवर्तमान क्षेत्रीय सभापति कुमार कार्की, जिल्ला सदस्य उद्धव लोहनी, निवर्तमान नगर सभापति रुप्नराज घिमिरे, पूर्व क्षेत्रीय सभापति माधव प्रसाद अर्याल, हरिचन्द्र अधिकारी, कलाघर पौडेल, होमनाथ सापकोटा, लक्षमण सापकोटा, रामु आचार्य, सुमन पौडेल, मेघनाथ सुवेदी, रामहरि न्यौपाने, प्रल्लाद सापकोटा, रामहरि न्यौपाने, सूर्य अर्याललगायत नेता तथा सञ्चारकर्मीहरुको सहभागिता थियो ।