७ बैशाख २०८१, शुक्रबार
Follow Us

लिभरपुलको प्रभावशाली जीत

नेपालब्रिटेन संवाददाता
१३ आश्विन २०७८, बुधबार ०६:०७

लन्डन । युइएफए च्याम्पियन्स लिगको समूह चरणको दोस्रो राउण्डको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले इङ्लिस क्लब म्यानचेष्टर सिटीलाई पराजित गरेको छ ।

आफ्नो घरेलु मैदान पार्क डे प्रिन्सेसमा आज बिहान सम्पन्न खेलमा स्पेनिश स्टार खेलाडी लियोनल मेस्सीले पीएसजीलाई आफ्नो पहिलो गोल दिलाउँदै २-० गोलले जीत आफ्नो पक्षमा पारेको हो ।

खेलको आठौं मिनेटमा स्ट्राइकर इड्रिसा गाना गुआईले गोलको खाता खोल्दै पिएसजीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७४औं मिनेटमा लियोनल मेस्सीले सानदार गोल गर्दै सिटीलाई पराजित गरेको हो ।

लियोनल मेस्सी पीएसजीमा आएपछिको यो पहिलो गोल सँगै छ । त्यसैगरी च्याम्पियन्स लिगमा गएराती सम्पन्न आठ खेलहरुमा लिभरपुलले एफसी पोर्टोमाथि ५-१ गोलको फराकिलो जीत निकालेको छ ।

त्यसैगरी एसी मिलान एट्लेटिको मेड्रिडसँग १-२ गोल अन्तरले स्तब्ध बन्न पुगेको छ भने च्याम्पियन्स लिगको सर्वाधिक सफल स्पेनिश क्लब रियल मेड्रिड आफ्नै घरेलु मैदानमा पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेको मोल्दोभाको एफसी सेरिफसँग १-२ गोलले पराजित भएको छ ।