१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएको निर्वाचनमा पूर्वअध्यक्षहरूले कस्लाई समर्थन गर्छन् ?

नेपालब्रिटेन डट कम्
१६ आश्विन २०७८, शनिबार ०३:५५

लण्डन । गैरआवासीय नेपाली संघको निर्वाचन नजिकै गर्दा उम्मेदवारहरु पूर्वअध्यक्षहरुको मन जित्न तल्लिन देखिएका छन् । संघको निर्वाचनमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले र भवन भट्टको महत्वपुर्ण भूमिका हुने बताइन्छ । अर्का उपाध्यक्ष देवमान हिराचन भने निर्वाचनमा मौन रहदै आएका छन् ।

अध्यक्ष पदको दौडमा रहेका उपाध्यक्षत्रय डा बद्री केसी, रविना थापा र पूर्वउपाध्यक्ष कुल आचार्य अहिले पूर्वअध्यक्षहरूको समर्थन जुटाउन सक्रिय छन् ।
रुसलाई कर्मथलो बनाएका डा. बद्री केसीले संस्थापक अध्यक्ष डा. महतो, लामिछाने, भट्ट र वर्तमान अध्यक्ष कुमार पन्तको समर्थन प्राप्त गरेर अघि बढेका बताइन्छ ।
डा. महतोले संघको नवौं महाधिवेशनमा नै भावी अध्यक्ष डा बद्री केसी भएको सार्वजनिक रुपमै बताएका थिए । यस्तै, जीवा लामिछानेले डा. केसीलाई एनआरएनएको स्थापनाकाल देखि नै सहयोग र समर्थन गर्दै आएका छन् ।

वर्तमान अध्यक्ष कुमार पन्तको समूहबाट गत महाविधेशनमा उपाध्यक्ष बनेका डा. केसीलाई जिताउन पन्त कम्मर कसेर लागेका छन् ।

यस्तै, पूर्वअध्यक्ष भवन भटट्को कार्यकालमा महासचिवको रुपमा काम गरेका डा. केसी र भट्टको व्यक्तिगत सम्वन्ध निकै राम्रो छ । भट्टले आफ्नो पक्षबाट सचिव पदमा ओम गुरुङको नाम दिएका केसी समूहलाई दिएका छन् । आचार्यले भट्टको मन जित्न ओसो तपोवनमा पुगेर भट्टको मन जित्न फोटो सेससन गरेर सामाजिक संजालमा राखेका थिए तर भट्टले आचार्यलाई सहयोग नगर्ने संदेश दिएर पठाएका थिए ।

संघका अर्का पूर्वअध्यक्ष शेष घले अघिल्लो चुनावका महासचिव पदमा जानकी गुरुङलाई जिताउन कुल आचार्यको पत्ता फालेका थिए । आचार्यलाई समर्थन गरेको देखाए पनि उनले खास उद्देश्य भने गुरुङलाई जिताउनु रहेको थियो । तर १० औ महाधिवेशनमा घलेले कसलाई समर्थन गर्छन भन्नेबारे हालसम्म मुख खोलेका छैनन् । तर उनकी श्रीमती जमुना गुरुङले भने आफ्नो उम्मेदवारका रुपमा रविना थापालाई अघि बढाएको बताइन्छ । निर्वाचनमा घले दम्पतीले थापा वा आचार्यमध्ये एकलाई सहयोग गर्ने आंकलन कतिपयको छ ।