१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एटलेटिकोसँग बार्सिलोना पराजित

नेपालब्रिटेन संवाददाता
१७ आश्विन २०७८, आईतवार ०५:२४

बार्सिलोना । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनालाई एट्लेटिको मड्रिडले पराजित गरेको छ । गए राति भएको खेलमा एट्लेटिकोले बार्सिलोनालाई २–० गोल अन्तरले पराजित गरेको हो । एट्लेटिकोलाई जित दिलाउन थोमस लेमार र लुइस सुआरेजले एक एक गोल गरे ।

घरेलु मैदानमा खेलको २३ औं मिनेटमा लेमारले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४४ औं मिनेटमा सुआरेजले पूर्व क्लबविरुद्ध गोल गर्दै एट्लेटिकोलाई २० को जित दिलाए । जितसँगै एट्लेटिकोले ८ खेलमा १७ अंक जोडेको छ । एट्लेटिको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना १२ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।