८ बैशाख २०८१, शनिबार
Follow Us

दोस्रो खेलमा नेपालद्वारा श्रीलंका पराजित

नेपालब्रिटेन संवाददाता
१९ आश्विन २०७८, मंगलवार ०२:३७

साफ च्याम्पियनशीप २०२१ को दोस्रो खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । गएराती माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३-२ गोलले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

खेलको पहिलो हाफको ३०औं मिनेटमा नेपालले सुमन लामाको गोलले अग्रता लिएको थियो । दोस्रो हाफको ५२औं मिनेटमा अन्जन बिष्टले अर्को गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाएका थिए । तर खेलको ५६औं मिनेटमा श्रीलंकाले गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरेको थियो ।

खेलको ८६औं मिनेटमा आयुश घलानले तेस्रो गोल गर्दै नेपाललाई जीत नजिक पुर्‍याएका थिए । ९० मिनेटपछिको अतिरिक्त समयमा श्रीलंकाले पाएको पेनाल्टी किकलाई गोल गर्दै पुनः खेलमा फर्कने प्रयास गरेपनि नेपालको जीतलाई रोक्न भने सकेन ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरिले माल्दिभ्स विरुद्ध पहिलो जीत निकालेको टोलीमा दुई खेलाडी परिवर्तन गरेका थिए । दिनेश राजवंशी र सुजल श्रेष्ठको स्थानमा सुमन लामा र विशाल राई टोलीमा समेटिएका थिए ।

श्रीलंकाले खेलमा राम्रो सुरुवाती गर्दै बलमा आफ्नो पकड बलियो जमाएपनि नेपालले काउन्टर अट्याकमा श्रीलंकालाई अफ्ठ्यारो पार्दै जीत निकाल्न सफल भएको हो । नेपाल लगातार यो दोस्रो जीत निकाल्दै दुई खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

हिजै सम्पन्न पहिलो खेलमा बंगलादेशले उपाधीको दावेदार मानिएको भारतलाई १-१ गोलको बराबरीमा रोकेको छ । दोस्रो हाफको अधिकांश समय दश खेलाडीमा सीमित बंगलादेशले भारतलाई बराबरीमा रोक्दै अंक तालिकामा चार अंकसहित दोस्रो स्थानमा रहेको छ ।साफ च्याम्पियनशीप २०२१ को दोस्रो खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । गएराती माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३-२ गोलले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।