८ बैशाख २०८१, शनिबार
Follow Us

इटालीकाे राेममा आगलागी हुँदा ३० वटा बस जलेर नष्ट

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७८, बुधबार ०९:२४

रोम । इटालीको राजधानी रोममा आगलागी हुँदा ३० वटा बसहरु जलेर नष्ट भएका छन्। रोम नगरपालिकाको यातायात कम्पनी एटीएसीका ३० वटा बसहरु मंगलबार बिहान भएको आगलागीमा नष्ट भएका हुन्।

आगलागी त्यहाँको समय अनुसार विहान ४ बजे भएको थियो। आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीलाई उदृत गर्दै स्थानीय संचार माध्यामहरुले जनाएका छन्।

आगोलागी नियन्त्रणका लागि घटनास्थल पुगेका अग्नी नियन्त्रकहरुले ३० वटा बसहरुमा आगोले क्षति पुर्‍याएको ट्वीटरमार्फत जानकारी गराएका छन्।

अग्नी नियन्त्रकहरुले ३० बस जलेर नष्ट भएको बताइरहेका बेला उता एटीएसीले भने आगलागीमा २० वटा पुराना सवारी साधनहरुमा क्षति पुगेको बताएको छ। एटीएसीका अनुसार आगोमा कोही घाइते भएका छैनन्।

रोममा आगलागीको घटना यो पहिलो भने होइन। २०२० को जुन महिनामा पनि डिपोमा राखिएका ७ वटा बसहरु जलेर नष्ट भएका थिए।

२०१६ देखि आज सम्म लगभग २ सय ५० वटा बसहरु आगोबाट क्षतिग्रस्त भएका छन्।