८ बैशाख २०८१, शनिबार
Follow Us

पिटरवरो सिटी अस्पतालमा मिनि नेपाल (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७८, बुधबार १९:२४

लन्डन । नेपालको संविधान दिवसको अवसर पारेर पिटरवरो सिटी अस्पतालमा कार्यरत नेपाली नर्सहरुले अस्पताल हाताभित्र बिभिन्न नेपाली खाना र पोशाकको प्रदर्शनी गरेका छन् ।

गत साता आयोजित सो प्रदर्शनीमा अस्पतालका डाक्टर, नर्स, विरामी समेत करिब २ सय जना सहभागि भएको आयोजक मध्येकी एक सुशिला न्यौपानेले जानकारी दिइन् ।

नेपाली खाना र पोशाकलाई वेलायती समुदायमा चिनाउने उदेश्यले सो प्रदर्शनी गरिएको न्यौपानेले जनाइन् । कार्यक्रममा खानामा मःम, चाउमिन, सेलरोटी, नेपाली दालभात र पोशाकमा सारी, चोलो, ढाका टोपी, गरगहना, नेपाली झण्डा, नेपालको नक्सा र पृथ्वीनारायण शाहको फोटो प्रदर्शन गरिएको थियो ।

प्रर्दशनीमा सहभागिहरुले नेपाली खाना र पोशाकलाई निकै रुचाएका थिए । अस्पतालको ए टु वार्डमा आयोजना गरिएको प्रर्दशनी नेपाली नर्सहरु बिमला दवाडी, रोजिना कार्की र सुशिला न्यौपानेको सकृयतामा भएको थियो ।