१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘प्रेमगन्ज’को काठमाडौं छायाँकन ३३ दिनमा सकियो

नेपालब्रिटेन संवाददाता
२१ आश्विन २०७८, बिहीबार ०४:५९

काठमाडौं । चलचित्र ‘प्रेमगन्ज’को काठमाडौं छायाँकन ३३ दिनमा सकिएको छ । अघिल्लो लकडाउनमा २७ दिन छायाँकन भएको चलचित्रको काठमाडौं छायाँकन भएको हो ।

तर, चलचित्रको पूरै छायाँकन भने सकिएको छैन । चलचित्रको सम्पूर्ण छायाँकन सक्न १५ दिन लाग्ने निर्माताले जानकारी दिएका छन् । अब दसैंपछि काभ्रेको नाला, दोभानटार, सुनापाती र मादनमा छायाँकन हुनेछ ।

निर्देशक परिच्छेद सेनले यो चचित्रमा ३ सय ५० दृश्य र लगभग १० हजार सट रहेकाले समय लागेको बताए । चलचित्र २०२२ मा प्रदर्शन हुने बताइएको छ ।

सेनको लेखन तथा निर्देशनमा निर्माण भैरहेको चलचित्रलाई सन्जय लामाले छायाँकन गरिरहेका छन् । चलचित्रको कार्यकारी भूमिकामा अनन्तमान श्रेष्ठ छन् । ‘प्रेमगन्ज’चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको छ ।