October 28, 2021
3:07 PM | 7:52 PM
कला तथा मनोरन्जन

साम्राज्ञी पनि अब व्यावसायिक म्युजिक भिडियोमा

  07/10/2021 मा प्रकाशित

काठमाडौं । एक्ट्रेस साम्राज्ञी आरएल शाह अभिनित म्युजिक भिडियो सार्वजानिक भएको छ । नेपाली फिल्ममा समेत कमै देखिने साम्राज्ञीले भिडियोमा तेस्रो पटक अभिनय गरेकी हुन् ।

नट्टु शाहको गीत र आफ्नै आमा नेहा शाहको गीतको भिडियोमा देखापरेकी साम्राज्ञीले भिडियोकै लागि महँगो पारिश्रमिकसमेत लिएकी छिन् । डान्सिङ ट्रयाक ‘माया पिरेम’ मा अभिनय गरेबापत उनले करिब पाँच लाख रुपैयाँ लिएको चर्चा छ । यो उनको पहिलो व्यावसायिक म्युजिक भिडियो हो । उनी टिमको क्रिएसनले आफूलाई तान्ने गरेको बताउँछिन् ।

ट्री इन्टरटेनमेन्टको निर्माण रहेको उक्त भिडिओमा साम्राज्ञीसहित एलिसा शर्मा, डेलविस र राजको समेत अभिनय छ । यो डान्सिङ ट्रयाकमा विश्व नेपाली र अस्मिता परियारले स्वर दिएका छन् ।

शंकर स्माइलको संगीत, डीपी खनालको शब्द रहेको गीतलाई भिडिओ निर्देशन माइकल चन्दले गरेका छन् । दिनेश दर्शनधारी र यशोधा राईले निर्माण गरेको भिडिओलाई ट्री इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

प्रतिक्रिया