१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पाराग्वेसँग रोकियो अर्जेन्टिना

नेपालब्रिटेन संवाददाता
२२ आश्विन २०७८, शुक्रबार ०५:५८

विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकिएको छ । शुक्रबार बिहान भएको खेलमा कोपा अमेरिकी च्याम्पियन अर्जेन्टिना पाराग्वेसँग गोलरहीत बराबरीमा रोकिदै अंक बाँड बाध्य भएको हो ।

घरेलु मैदानमा पाराग्वेले लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई रोक्न सफल भयो । बराबरीसँगै अपराजित रहेको अर्जेन्टिना ९ खेलबाट १९ अंकसहित दोस्रो स्थानमा छ । पाराग्वे १० खेलबाट १२ अंकका साथ छैटौँ स्थानमा छ ।

दक्षिण अमेरिकी छनोटमा ब्राजिल ९ खेलबाट २४ अंकसहित शीर्ष स्थानमा छ । बिहानै भएको खेलमा उरुग्वे कोलम्बियासङ गोलरहीत बराबरीमा रोकिएको छ ।