October 28, 2021
4:09 PM | 8:54 PM
कला तथा मनोरन्जन

एनआरएनए १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित

  10/10/2021 मा प्रकाशित

लण्डन । गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गरिएको छ ।

संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवार सम्पन्न बैठकले आगामी ६ महिना भित्र निर्वाचन गर्ने गरि सो सम्मेलन स्थगित गरेको हो ।

क्षेत्रीका अनुसार महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रमा अस्पष्टता देखिए पछि निर्वाचनका सबै प्रकृया रोकिएका हुन् ।

भर्चुयल माध्यमबाट अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयबाट प्राप्त पत्रमाथि आवश्यक कानुनी परामर्श गर्ने समेत निर्णय गरेको छ ।

संघको महाधिवेशन अक्टुबर २३ देखि २५ मा हुने तय भएको थियो । तर गैरआवासीय नेपाली संघको अध्यक्ष प्रत्यासी कुल आचार्य समूहले परराष्ट्र मन्त्रालयमा प्रतिनिधि छनोटमा विवाद गर्दै उजुरी गरे पछि मन्त्रालयले अधिवेशन रोक्न पत्राचार गरेको थियो ।

संघले विधान अनुरुप ६ महिना कार्यकाल थप्ने तयारी गरेको बताएको छ ।

प्रतिक्रिया