१६ चैत्र २०८०, शुक्रबार
Follow Us

युईएफए नेसन्स लिग ‘ए’ को उपाधी फ्रान्सलाई

नेपालब्रिटेन संवाददाता
२५ आश्विन २०७८, सोमबार ०२:४६

युईएफए नेसन्स लिग ए च्याम्पियनशीपको फाइनल खेलमा फ्रान्सले स्पेनलाई पराजित गरेको छ । इटालीको मिलानो शहरमा आज बिहान सम्पन्न खेलमा फ्रान्सले स्पेनलाई २-१ गोलले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा खेलेको स्पेनले दोस्रो हाफको ६४औं मिनेटमा फरवार्ड माइकल ओयरजबालको गोलले अग्रता लिएको थियो । खेलको ६६औं मिनेटमा फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए ।

खेलको ८०औं मिनेटमा फ्रान्सका चर्चित स्ट्राकर क्लियन एम्बाप्पेले अर्को गोल गर्दै फ्रान्सको जितलाई सुनिश्चित बनाएका थिए । फ्रान्सले सेमिफाइनलमा बेल्जियमलाई र स्पेनले इटालीलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेका थिए ।

गत सिजनको विजेता पोर्चुगल भने लिग चरणबाटै बाहिरिएको थियो । आज बिहानको फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेवापत फ्रान्सका किलियन एम्बाप्पे म्याच अफ द म्याच घोषित भएका थिए ।