११ बैशाख २०८१, मंगलवार
Follow Us

लिभरपुलमा दशैं मनाइयो

नेपालब्रिटेन डट कम्
२६ आश्विन २०७८, मंगलवार १२:५१

लण्डन । बेलायतको लिभरपुलका नेपालीले १० तारिख आइतबार दशैं विशेष कार्यक्रम गरेका छन् ।

सो अवसरमा शुभकामना आदानप्रदानसहित सम्मान पनि गरियो ।

नेपाली राष्ट्रिय गान साकिए लगतै समाजकी सल्लाहकार इन्दुका घिमिरे र देवी गुरुङले पानसमा दीप प्रज्वलन गरेपछि कार्यक्रम सुरुआत भएको थियो ।

स्थानीय कलाकार उज्वल भण्डारी र बिना नेपालीको गायनमा उपस्थित लिवरपुलवासी मन्त्रमुग्ध भएका थिए । कार्यक्रमको अर्को विशेष आकर्षण थियो स्थानी कलाकारहरूको नृत्य । ज्ञानु भण्डारी, सपना परियार र रोजिना गौतमले उत्कृष्ट नृत्य प्रस्तुत गरे । देवी गुरुङ ,बिनु सुबेदी, सम्झना मैनाली र सिर्जना पोखरेलको समूह नृत्य पनि कार्यक्रममा खुबै रुचाइएको थियो ।

त्यसै अवसरमा समाजले ए लेवल र सो माथिको तह सम्पन्न गरेका नेपाली विद्यार्थीहरुलाई सम्मान पत्र वितरण पनि गरेको थियो । सल्लाहकार डा. हेमराज शर्माले विद्यार्थीहरूको उज्वल भविष्यको कामना गर्दै सम्मान पत्र हस्तानतरण गरे ।

समाजकी सह सचिव बिनु सुबेदीले उदघोषण गरेको उक्त कार्यक्रममा समाजका सल्लाहकार प्रवीण घिमिरेले स्वागत मन्तव्य र अध्यक्ष देउमान इजमले सबै सहभागीलाई धन्यवाद दिए । इजमले यस्ता कार्यक्रम निरन्तर लिएर आउने वाचा पनि गरे ।