१९ बैशाख २०८१, बुधबार
Follow Us

दशैंको मुखमा मुगुमा बस दुर्घटनाः ३२ जनाको ज्यान गयो

नेपालब्रिटेन डट कम्
२६ आश्विन २०७८, मंगलवार १४:२२

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका ७ पिना गाउँ९सातमोड०मा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुने संख्या ३२ पुगेको छ। नेपालगन्जमा उपचारको क्रममा चारसहित ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको गरेको भे १ ख ३१३६ नंम्बरको बस मंगलबार दिउँसो साढे १२ बजे दुर्घटना भएको हो। अन्य घाइतेहरुको नेपालगन्जमा उपचार भइरहेको छ।

बसको टायर पन्चड हुँदा बस सडकदेखि दुई सय मिटर तल खसेको प्रमुख जिल्ला अधिकारी रोम महतले जानकारी दिए।