१५ चैत्र २०८०, बिहीबार
Follow Us

स्वायत्त एनआरएन निर्माणमा लागौं : डा. बद्री केसी, एनआरएनए उपाध्यक्ष

नेपालब्रिटेन डट कम्
२६ आश्विन २०७८, मंगलवार १९:१०

लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले संस्था स्वायत्त हुनु पर्नेमा जोड दिएका छन् ।
संघको अध्यक्ष पदको समेत प्रत्यासी रहेका डा. केसीले मंगलवार विजयादशमीको उपलक्ष्यमा शुभकामना दिदैं एनआरएनएको स्वायत्तामा जोड दिएका हुन् ।

डा. केसीले वर्तमानमा देखिएका केही अन्यौलता चिर्दै बिगतको गौरबमय बिरासत र यसको स्वर्णिम भबिश्यको लागी एक स्वायत्त एनआरएन निर्माणको लागी हामी सबै सबैलाई माता दुर्गाले आशिर्बाद प्रदान गरुन भनेका छन् । उनले कोरोनाको महामारीबीच सुरक्षित र सतर्क रही मौलिक एवं परम्परागत चाडपर्वहरु मनाउन समेत आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघको निर्वाचनलाई नेपाल सरकारले रोकिदिए पछि डा. केसीले स्वायत्तताको प्रसंग उठाएका हुन् ।