१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतले कोभिड नियन्त्रण गर्न चालेका कदम असफल

नेपालब्रिटेन डट कम्
२७ आश्विन २०७८, बुधबार ०३:३९

लण्डन । बेलायतका सांसदहरुको एक प्रतिवेदनले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले चालेका कदमहरु पूरै असफल भएको औंल्याएको छ ।

महामारीको अवस्थालाई व्यवस्थापन गर्न वैज्ञानिकहरुको सहयोगमा सरकारले लिएका नीतिहरु प्रभावकारी हुन नसकेको र सरकारको कमजोर व्यवस्थापनले लकडाउन जारी गर्न ढिलाइ हुँदा मानिसहरुले ज्यान गुमाउनु परेको प्रतिवेदनमा उल्लेख छ ।

अन्तरपार्टी सांसदहरुको टोलीले तयार पारेको प्रतिवेदनमा सरकारले खोप अभियान भने प्रभावकारी रुपमा सन्चालन गरेको उल्लेख छ । बेलायतमा कोरोनाले १५ लाख व्यक्तिको ज्यान गएको तथ्यांक छ ।